तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम : पर्याप्त किट नहुँदा परीक्षण सुस्त

धनगढी-कोरोना भाइरसको सन्त्रासका बीच सुदूरपश्चिम प्रदेशमा सामग्रीको अपर्याप्ताका कारण शङ्कास्पद व्यक्तिको नमूना परीक्षण सुस्त भएको छ । ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिको काम केही तीव्र देखिए पनि पोलिमरेज चेन्ज रियाक्सन (पिसीआर) विधिको जाँच सुस्त भइरहेको छ ।

क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायलको पछिल्लो तीन दिनको तथ्याङ्कमा आरटीपिसीआर पद्धतिबाट वैशाख १ गतेसम्म दुई हजार ३९१ को नमूना जाँच गरिएकामा वैशाख २ गतेसम्म दुई हजार ५२० र वैशाख ३ गते जम्मा दुई हजार ५२८ जनाको मात्र नमूना जाँच हुनसकेको छ । वैशाख १ सम्म ७५१ को, २ गतेसम्म ९७६ को र ३ गतेसम्म जम्मा एक हजार ७१ जनाको नतिजा आइसकेको छ, जसमा पाँच जनाको पोजेटिभ नतिजा आउँदा एक हजार ४७२ जनाको नतिजा नेगेटिभ आएको छ ।

जाँच गरिएका सबै नमूनाको नतिजा आउन पनि ढिलाइ भएको छ । वैशाख ३ सम्म जाँच गरिएकामध्ये एक हजार ५१ को नतिजा आउन बाँकी छ । द्रुत जाँच पद्धतिबाट वैशाख १ गतेसम्म जम्मा दुई हजार ३०९ जनाको जाँच गरिएकामा वैशाख ३ सम्म आइपुग्दा जम्मा तीन हजार ५०९ जनाको जाँच पूरा भएको छ । जसमा सबैको नतिजा नेगेटिभ आएको छ ।

शुरुका दिनमा कैलाली र कञ्चनपुरवाट आरडिटी पद्धतिबाट शङ्कास्पद व्यक्तिको नमूना जाँच शुरु गरिएकामा हाल प्रदेशका सबै नौ जिल्लामा नमूना सङ्कलन र जाँच भइरहेको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशको भौगोलिक विकटतासँगसँगै आरडिटीका लागि चाहिँले टेस्ट किटको अपर्याप्तताका कारण नमूना सङ्कलन र जाँचमा गति दिन नसकिएको बताउनुभयो ।

आरटीपिसीआर पद्धतिबाट शङ्कास्पदको थ्रोट स्वाबको नमूना सङ्कलन गरेर उच्चस्तरको प्रविधिमार्फत नमूनाको परीक्षण गर्नु पर्दा समय लाग्ने भएकाले यसको नतिजा आउनमा समय लाग्ने गरेको जनाइएको छ ।

सङ्क्रमितको अवस्था सामान्य सेती प्रादेशिक अस्पताल धनगढीमा उपचररत कोरोना सङ्क्रमित पाँच जनाको अवस्था समान्य रहेको छ । सङ्क्रमितलाई दैनिक खाजा, फलफूल खानाको व्यवस्था गरिएको र स्वास्थ्य अवस्था समान्य रहेको उपचारमा संलग्न डा कमरले जानकारी दिनुभयो । धनगढीमा सञ्चालनमा ल्याइएको आरटी पिसीआर मेसिनमा गरिएको परीक्षणले दुई जनाको स्वाबको नमूना पोजेटिभ आएको शङ्कामा थप परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको छ । उक्त प्रयोगशालामा हालै भारतबाट आएका रुकुमपश्चिमका व्यक्तिको सङ्कलित स्वाब सुर्खेतबाट पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button