तपाईँ सुन्दै हुनुहुन्छः

अब विमानस्थलहरुको सरसफाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुनेछ : मन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका आन्तरिक विमानस्थलको सरसफाईमा तिव्र सुधार गरिने बताउनुभएको छ ।

मन्त्री भट्टराईले सफाई मजदुरहरुलाई आवश्यक तालिम र आधुनिक सामग्रीहरुको प्रबन्ध गरेर सरसफाईमा परिवर्तन ल्याइने बताउनुभयो ।

आज मन्त्रालयमा आयोजित गैर आवासीय नेपाली संघ (एनआरएनए)ले तयार पारेको देशभरका ११ विमानस्थलहरुको सरसफाई अवस्थाको ‘अडिट’ हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विमानस्थलहरुको सफाई लागि सरकारले काम गर्ने बताउनुभयो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए)का अभियान्ता एंव सफाई विज्ञ खेमनाथ शर्माले ११ विमानस्थलहरुको सर सफाई अवस्थाको बेग्ला–बेग्लै ‘अडिट’बुझाउनु भएको थियो । धनगढी, नेपालगञ्ज, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवा, पोखर, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, चन्द्रगढी, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (आन्तरिक) र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल(आन्तराष्ट्रिय) को स्थलगत अध्ययनपछि ‘अडिट’ रिपोर्ट तयार पारिएको हो ।

‘अडिट’मा हाल विमानस्थलहरुका सरसफाईको अवस्था, समस्या, कानुनी समस्या र आगमी दिनमा गर्नुपर्ने कामहरुको सूची र सुझाव समावेश छ । शर्माले अन्तराष्ट्रिय मापदण्ड अनुसार सरसफाई गर्नुपर्ने सफाईका स्पष्ट कानुनी व्यवस्था गर्नु पर्ने, सरसफाई मजदुरलाई तालिमको व्यबस्था गर्नुपर्ने, सफाई मजदुरले प्रयोग गर्ने सामग्रीमा सुधार गर्नुपर्ने लगायतका सुझाव दिनु भएको ।

विमानस्थलहरुकोमन्त्री भट्टराईर्ल यी सुझावहरु महत्वपूर्ण भएको भन्दै ती सुझावका आधारमा विमानस्थलहरुको सरसफाई सुरु गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिनुभयो । उहाँले ती सबै सुझावहरु सम्बन्धित विमानस्थलहरुमा पठाइदिन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई निर्देशन दिनु भएको हो । ती सुझावहरु तत्काल कार्यान्वयन गराउन र एक महिनापछि कार्यान्वयन अवस्था बारेमा रिपोर्ट तयार पार्नका लागि निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button