तपाईँ सुन्दै हुनुहुन्छः

बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु

लहान । सिरहा–चोहर्वा सडकखण्डमा आज बिहान यात्रुबाहक बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

सिरहाबाट धरान जाँदै गरेको ना ४ ख ९२४१ नम्बरको यात्रुबहाक बसले नरहा गाउँपालिका–५ पानबारी चोक नजिकै सदरमुकाम सिरहातर्फ आउँदै गरेको लु १६ प ४४४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको हो ।

मोटरसाईकलमा सवार सिरहा नगरपालिका–३ का ४५ वर्षिय शैलेन्द्र मण्डल र २९ वर्षिय अमन मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

मोटरसाईकलमा सवार मण्डलद्वय जन्तीबाट घर फर्किदै गर्दा दुर्घटनामा परेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button