तपाईँ सुन्दै हुनुहुन्छः

हातीपाइले रोगविरुद्ध औषधि सेवन कार्यक्रम सञ्चालन हुने

कुमोद अधिकारी, विराटनगर । राष्ट्रिय हातीपाइले रोग निवारण कार्यक्रम अन्र्तगत विराटनगर महानगरपालिकामा यहि माघ २५ र २६ गते हातीपाइले रोग विरुद्ध औषधि सेवन कार्यक्रम सञ्चालन हुने भएको छ ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखालेले विराटनगरमा आज गरेको छलफल कार्यक्रममा यसपटकको सो अभियान अन्र्तगत महागनरपालिकाका २ लाख ४७ हाजार ४ सयजनालाई हातीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य रहेको जानकारी दिईयो ।

सन २०२० सम्म हातीपाइले रोग नियन्त्रण गर्ने सरकारको लक्ष्य रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button