तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलको नयाँ बसपार्कमा बसको छतमा शव फेला

बुटवल । बुटवलको नयाँ बसपार्कमा बसको छतमा शव फेला परेको छ ।पार्किङ गरिराखेको लु१६१३७ नंम्बर बसको छतमा आंशिक सडेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उक्त शव गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको भएको प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

घटनाका थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button