तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोका कारण स्काभेटरसहित चालक बेपत्ता

गोरखा । पालुङटार हुँदै दूधपोखरी मार्गको सडक खन्दै गरेको एक्साभेटर पुरिँदा चालकको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–१, केराबारीमा सडकको नयाँ ट्रयाक खन्दै गरेको एक्साभेटर माटोको ढिस्को खसेर पुरिएको पुरिएको थियो ।

ढिस्कोमा पुरिएर सिन्धुपाल्चोक मेलम्चीका रमेश तामाङको ज्यान गएको हो । सडक खनिरहेको ठाउँमाथिको डाँडो पहिरिएर ढुंगा र माटोले मेसिन ३० मिटर तल झरेको, चालक मेसिन दुवै पुरिएको अवस्थामा रहेको घटनास्थलमा रहेका स्थानीय शुकमान गुरुङले बताए।

शव निकाल्न अहिले इलाका प्रहरी कार्यालय जौवारी र धारापानी चौकीबाट प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उक्त सडक गण्डकी प्रदेश सरकारको लगानीमा ठेक्का भएर राधा कन्ट्रक्सनले काम गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button