तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन-भरतपुर महानगरपालिका वडा नं १० चितवन मेडिकल कलेज अगाडि मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं ९ का १९ वर्षीय प्रदीप सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना४८प ७०६४ नंको मोटरसाइकलले बिहीबार राति ११ बजे पैदलयात्री सुनारलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते सुनारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकल चालक पनि घाइते भएका छन् । बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं ८ बस्ने २२ वर्षीय अभिषेक शर्मा घाइते भई चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते शर्माको अवस्था मध्यम रहेको र प्रहरीको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button