तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाउँदा दुईजना बालकको मृत्यु

बीरगञ्ज । बाराको प्रसौनी गाउँपालिका वडा नं.४, खुटवास्थित दुधौरा खेलामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा आज दिउँसो दुईजना बालकको मृत्यु भएकोे छ ।
पौडी खेल्ने क्रममा खोलाले बगाउँदै गरेको अवस्थामा स्थानीयले देखेर तत्काल उद्धार गरेर उपचारका लागि बीरगञ्ज लैजादै गर्दा बालकहरुको बीचबाटोमै मृत्यु भएको थियो ।
मृत्युहुनेमा बारा प्रसौनी गाउँपालिका ४, खुटवा निवासी अजमुद्दिन अन्सारीका १० बर्षिय छोरा अरमान अन्सारी र अर्का एकजना ८ बर्षीय बालक साहिल अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायव उपरिक्षक रञ्जीतसिंह राठौरले जानकारी दिनुभयो ।
दुबैजनाको शव पोष्टमार्टमको लागि बीरगञ्जस्थित नारायाणी अस्पतालमा राखिएको उहाँले बताउनुभयो ।
यसैगरी, बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० गञ्जभवानीपुर निवासी ७५ बर्षिय बद्री पण्डितको आज दिउँसो घरको छतबाट खस्दा मृत्यु भएको छ ।
छतबाट खसेर गम्भीर घाइते भएका पण्डितलाई उपचारका लागि बीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याउँदै गर्दा बीचबाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्ट मार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।
ध्रुव अधिकारी

प्रतिक्रिया राख्नुहोस्

Back to top button