तपाईँ सुन्दै हुनुहुन्छः

नदीले बगाउँदा बिद्यार्थी बेपत्ता

मेलम्ची। सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका ७ स्थित बालशिक्षा माध्यमिक बिद्यालयका एक बिद्यार्थी बेपत्ता भएका छन् । बिहिबार बिहान सवा ९ बजेको समयमा बिद्यालय छेउको नदिले बगाउँदा कक्षा ७ मा अध्ययनरत बिजय नेपाल बेपत्ता भएका हुन् ।
उनको खोजी कार्य भईरहेको छ । प्रहरी चौकी लामोसाँघुबाट प्रहरीहरु खोजीकार्यमा खटेका छन् भने बिद्यालयका शिक्षक तथा स्थानीय अगुवाहरुले पनि खोजी गरिरहेका छन् । बल खेल्ने क्रममा खेलिरहेको बल खोलामा पुगेपछि उनी बल निकाल्नका लागि खोलामा पसेका थिए । ‘खेलिरहेको बल खोलामा पुगेपछि झिक्नका लागि गएको रहेछन्’ शिक्षक हरेराम नेपालले भने । बल लिनका उनी बिद्यालयको बार नाघि गएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button