तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौं । सप्तरीमा साउनको दोस्रो सातासम्ममा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

जिल्लाको अधिकांश स्थानमा खेतीयोग्य जमीन भए पनि सिँचाइको अभाव र समयमा वर्षा नहुँदा र वर्षा भए पनि बाढीले अधिकांश ठाउँमा बालुवा र लेदो, खस्रो माटोले जमीन पुरेपछि त्यहाँका जमीन बाँझो रहेको पाइन्थ्यो ।

सप्तरीमा सिञ्चित ४० हजार र असिञ्चित ३० हजार गरी कूल ७० हजार हेक्टर खेतीयोग्य जमीन रहेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ ।

यस वर्ष असारको अन्तिम र साउनको पहिलो सातामा भारी वर्षा भएपछि अहिलेसम्म सप्तरी जिल्लामा ५९ हजार २०० हेक्टर जमीनमा धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत भगिरथ यादवले जानकारी दिनुभयो ।

जिल्लामा रहेका तीन वटै सिँचाइ प्रणालीबाट पानीको व्यवस्था नभएपछि पम्पसेटका भरमा वर्षा हुनुपूर्व पनि किसानले धान रोपाइँ गरेका हुनाले अहिलेसम्म ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button