तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिबन्ध चाँडै फुकुवा हुने सदस्य सचिवको दाबी

अजय बम । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले आईसीसीको प्रतिबन्ध चाँडै फुकुवा हुने दाबी गर्नुभएको छ ।

आफ्नै कार्यक्रक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सदस्यसचिव सिलवालले आईसीसीको अक्टोबरमा हुने बैठकले नेपाली क्रिकेटको प्रतिबन्ध फुकुवा हुने दाबी गर्दै त्यसअघि आईसीसीले दिएको म्याण्डेट अनुसार नेपालले सबै प्रक्रिया पुरा गर्नु पर्ने भएकाले अहिले त्यसै अनुसार काम भइरहको बताउनुभयो ।

जिल्ला जिल्लामा निर्वाचनहरु भइरहेका छन् । जिल्ला पछि प्रदेश र केन्द्रमा निर्वाचन हुन्छ, त्यो निर्वाचनबाट आउने परिणामलाई सबैले स्वीकार गर्नु पर्ने बताउँर्दै सदस्य सचिव सिलवालले अक्टोबरमा पनि आईसीसीले निलम्बन फुकुवा नगरे आफै पदाधिकारी भेट्नका लागि आईसीसीको हेडक्वार्टर पुग्ने जानकारी दिनु भयो ।

नेपालमा मंसिरमा हुने १३ औं दक्षिण एशियाली खेलकुद सागमा भारत सहभागी हुने र सदस्यसचिव सिलवालले बताउँदै भारतीय अधिकारीसँग फर्मल र इनफर्मल दुवै कुराकानीमा सागमा सहभागिता जनाउने बताएको उल्लेख गर्नुभयो । सार्क सम्मेलनलाई जोडेर पनि सागमा भारतको सहभागिताको प्रश्न उठेको भन्दै कतिपय अवस्थामा राजनीतिक मतभेदलाई खेलकुदको माध्यमबाट समाधान हुने गरेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button