तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराई नियुक्त हुनुभएको छ ।
ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद भट्टराईको अहिले केहीबेरमा शपथ ग्रहण हुँदैछ ।

तात्कालिन पर्यटनमन्त्री रबिन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि पर्यटन मन्त्रालयको कार्यभार प्रधानमन्त्री स्वयंले सम्हाल्दै आउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button