तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य क्षेत्रमा वीर अस्पतालले पु¥याएको योगदान महत्वपूर्णः उपप्रधान एवम स्वास्थ्य तथा जनसख्यामन्त्री

काठमाण्डौ । नेपालकै जेठो अस्पतालका रुपमा रहेको वीर अस्पतालको १३० औँ वार्षिकोत्सव आज विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

वार्षिकोत्सव कार्यक्रमको उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले वीर अस्पतालले स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका सहकुलपति समेत रहनु भएका मन्त्री यादवले अस्पताल अनुसन्धान केन्द्रका रुपमा अगाडी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले लामो ईतिहास बोकेको वीर अस्पतालले अवका दिनमा दक्ष जनशक्तिको उत्पादन ,नयाँ प्रविधि र भौतिक संरचनामा परिवर्तन गर्दे लैजानुपर्नेमा जोड दिनुभयो ।

पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले अस्पताल प्रतिको जनविश्वास कायम गर्नका लागि अस्पतालले आधुनिक प्रविधि, औषधी उत्पादन र गुणस्तरीय सेवामा जोड दिनुपर्ने बताउनुभयो ।

मन्त्रालयका सचिव राम प्रसाद थपलियाले वीर अस्पतालले हिजोको समस्यामा सुधार गर्दे जनतालाई गुणस्तरीय ,प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने भन्दैँ यसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्न सधैँ तयार रहेको जानकारी दिनुभयो ।

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले अस्पतालले हप्ता निशूल्क मृगौला प्रत्यारोपण, सरसफाई व्यवस्थापनमा अत्याधुनिक उपकरण प्रयोग , अस्पतालाई विस्तार गर्दे भक्तपुरको दुवकोटमा नयाँ भवन लगाएतका कामहरु गरिरहेको जानकारी दिनुभयो । उहांले वीर अस्पतालका सेवालाई थप परिस्कृत गर्दे छिट्टै नैै २४सै घण्टा उपचार सेवा, बाल, आँखा, स्त्रीरोग तथा मानसिक रोग सम्वन्धी उपचार गर्नका लागि समेत अभ्यास भैईरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button