तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वमन्त्री सिंहको निधन

लहान । पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको आज बिहान निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उहाँको आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो ।

विसं १९८९ असोजमा जन्मिनुभएका उच्च रक्तचापबाट पीडित सिंह ८७ वर्षीय सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्रीको कार्यभार सम्भाल्नुभएको उहाँका छोरा सुमनप्रसाद सिंहले जानकारी दिनुभयो ।

मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताइरहनुभएको थियो । उहाँका दुई छोरा र छोरी छन् । उहाँको जेठो डा रमणप्रसाद सिंह चिकित्सक र कान्छो छोरा सुमनप्रसाद प्राध्यापक हुनुहुन्छ ।स्व सिंहको आजै हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button