तपाईँ सुन्दै हुनुहुन्छः

‘गणतान्त्रिक व्यवस्थालाई मजबुत बनाउनु सबैको दायित्व’

अजय कुमार झा, जनकपुरधाम । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई मजबुत बनाउनु सबैको दायित्व भएको बताउनु भएको छ ।

समाजवादी पार्टीका अध्यक्ष समेत रहनु भएका यादवले आज धनुषाको जनकपुरधाममा पार्टीको मधेश प्रदेश समितिका प्रादेशिक समायोजन घोषणा कार्यक्रममा संविधान संशोधन मार्फत गणतन्त्रलाई थप मजबुत बनाउन सकिने बताउनुभयो ।

समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीयतालाई बलियो बनाउन प्रदेश नम्बर २ को भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button