तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङबाट तीन जनाको मृत्यु

कुमोद अधिकारी, विराटनगर । सप्तरीमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तिलाठी कोइलाडी गाउँपालिका–१ बस्ने १५ वर्षीया पुनम यादव, सुरुङ्गा नगरपालिका–३ दौलतपुर बस्ने ६० वर्षीय बौकु भनिने हरिहर चौधरी र हनुमानगर कंकालिनी नगरपालिका–११ बस्ने ४५ वर्षीया शिवसतीदेवी पण्डित रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताउनुभयो ।

खेतमा काम गरीरहेका उनीहरुको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरि, मोरङको वुढिगंगा गाउपालिका–७ मा आज वर्षासंगै परेको चट्याङ लागेर सोही ठाउका ३० वर्षिय रामेश्वर विश्वासको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button