तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोमा परी गुल्मीमा ९ जनाको मृत्यु

केशव ढुंगाना । गुल्मीमा पहिरोमा परी ९ जनाको मृत्यू भएको छ भने अन्य ४ जना हराईरहेका छन् ।

गए रातिको पहिरोमा पुरिएर सत्यवती गाउँ पालिका वडा नं. ३ का ६३ वर्षीय दुर्गाबहादुर सिंजाली, ३४ वर्षिया दील कुमारी विक, उनका ९ वर्षिय छोरा दर्शन विक तथा वडा नं. ४ का निर्मला बि.क, शिवानी वि.क, हेमन्त विक, पङ्खु विक, अञ्जली विक र छली विकको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रविन्द्र खड्काले जानकारी दिनुभयो ।

यसैगरी पहिरोमा परी सत्यवती गाउँ पालिकाका वडा नं. ३ का मायाँ विक र ववि विक तथा वडा नं. ८ का सुमन विक र तारा विक हराईरहेको र उनीहरूको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button