तपाईँ सुन्दै हुनुहुन्छः

भीसीटीएस विरुद्धको व्यावसायीको आन्दोलन स्थगित

काठमाडौं । साउन १ गतेदेखि सरकारले लागू गरेको भेहिकल कन्साइनमेन्ट ट्याकङ सिस्टम (भीसीटीएस) विरुद्धको आन्दोलन व्यवसायीले स्थगित गरेका छन् ।

सोमबार अर्थमन्त्री डा.युवराज खतिवडासँगको छलफलपछि साना व्यवसायीको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आन्दोलन स्थगित गरेको हो ।

महासंघका अध्यक्ष नरेश कटुवालको नेतृत्वमा व्यवसायी र अर्थमन्त्री बीच करिब एक घण्टा भएको छलफल पछि विवाद समाधान समितिको प्रतिवेदन नआउदा सम्मको लागि आन्दोलन स्थगित गर्ने सहमति भएको हो ।

अर्थ मन्त्रालयले निजी क्षेत्र समेतको सहभागिता रहने गरी विवाद समाधान समिति गठन गर्ने र समस्या समाधानमा सहजीकरण गर्ने कार्य भै रहेको मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले जानकारी दिनु भयो ।

राजश्व अनुसन्धान विभागले कार्यान्वयनमा ल्याएको अनलाइन प्रणालीमा आधारित ट्रयाकिङ सिस्टम ३ महिनाका लागि परीक्षणको रुपमा लागू हुने बताएको छ । व्यवसायीहरुले भने ३ महिनाले नपुग्ने भन्दै एक वर्ष परीक्षणको रुपमा लागू गर्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button