तपाईँ सुन्दै हुनुहुन्छः

औपचारिक वार्ता प्रक्रिया अघि बढेको छैनः उपप्रम पोखरेल

कुमोद अधिकारी, विराटनगर । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले सरकारले नेत्रबिक्रम चन्द समुहसँग औपचारिक रुपमा वार्ताको प्रक्रिया अगाडी बढाई नसकेको बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले विप्लव समुहले हिंसात्मक गतिविधी नत्यागे सम्म वार्ता हुन नसक्ने वताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले संसदमा सरकारले प्रस्तावको रुपमा पेश गर्ने विधेयकहरुको विषयमा संसदबाटै त्यसको हल खोजिने बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले पार्टीका जिल्ला इन्चार्जहरु सहमतिमै टुङ्ग्याइएकोले विभिन्न विभागका प्रमुखहरुको जिम्मेवारी पनि सहमतीमा टुंगिने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button