तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको स्टुडियो तथा कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल

अजय कुमार झा, जनकपुरधाम । प्रदेश नंं २ को अस्थायी राजधानी जनकपुरधाममा रेडियो नेपालको स्टुडियो तथा कार्यक्रम सञ्चालन गर्नका लागि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवसंग आज छलफल भएको छ ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार काकीृ नेतृत्वमो रेडियो नेपालका व्यवस्थापकहरुको टोलीले रेडियो पालको स्टुडियो निर्माणको सन्दर्भमा प्रदेशको सूचना तथा सञ्चारमन्त्रालयको कामकाज पनि गर्दै आउनु भएका मन्त्री यादवसंग कुराकानी गरेर स्टुडियो निर्माणको विभिन्न पक्षहरुका बारेमा छलफल गरेको छ ।

यस अघि रेडियो नेपालको प्रदेश नंं २ को प्रादेशिक कार्यालय महोत्तरी जिल्लाको बर्दिवासमा सञ्चालनमा ल्याईसकेको छ भने प्रदेश सरकार भएको ठाउँमा स्टुडियो सञ्चालन गर्नका लागि प्रदेश सरकारसंग छलफल शुरु गरेको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले रेडियो नेपालले ल्याएको प्रस्ताव प्रति प्रदेश सरकार गम्भीर रहेको बताउदै रेडियो नेपाललाई सवै प्रकारको सहयोग तथा सहकार्य गर्नका लागि प्रदेश सरकार तयार भएको बताउनु भयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले प्रदेश सरकारले चाह्यो भने रेडियो नेपालको टावर, पावर तथा जनशक्ति प्रयोग गरेर प्रदेशका जनताका साथै अन्य प्रदेशमा पनि विभिन्न प्रकारका सूचना, ज्ञानविज्ञान तथा मनोरञ्जनका कुराहरु पुर्याउन सक्दछ भन्नु भयो ।

यस अघि हिजो मात्र प्रदेश नंं २ को आर्थिक ममिला तथा योजनामन्त्री विजय यादवसंग पनि छलफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button