तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियारको हिरासत इन्जिनियरले भरिभराउ

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिन दिन यता मात्रै ८ (आठ) जना इन्जिनियरलाइ घुससहित पक्राउ गरेको छ भने असार यता २० जना इन्जिनियरलाई घुससहित पक्राउ गरेको छ ।

भ्रष्ट्राचार न्यूनिकरणका लागि नीति निमार्ण तहदेखि स्थानिय स्तरसम्म विभिन्न कार्यहरु गरिए पनि भ्रष्टाचारका प्रकरणहरु दिनहुँजसो सार्वजनिक हुँदै आएका छन् ।

भ्रष्टाचार न्युनिकरणका लागि परिवार र विद्यालय स्तरदेखि नै नैतिक र ब्यवहारिक शिक्षा लागु गरी गलत आचरण र मनोवृतीमा समेत सुधार आउनुपर्ने सरोकारवालाहरु बताउछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button