तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली टोली मलेशियाबाटै सिंगापुर जाने

अजय बम । नेपालले जुलाई २२ देखी सुरु हुने आईसीसी टी–२० विश्वकप एसिया छनोटमा प्रतिस्पर्धा गर्दैछ । मलेसियामा अभ्यासमा व्यस्त नेपाल शनिबार उतैबाट सिंगापुर जाने कार्यक्रम छ ।

नेपाल सहित कतार, कुवेत, सिंगापुर र मलेसिया सहभागि प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोट खेल्न पाउने छ । ग्लोबल छनोटका उत्कृष्ट टोलीले अर्को वर्ष अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकपमा खेल्न पाउने छन् ।

आईसीसीले गत वर्ष देखी आफ्ना सबै १ सय ५ सदस्य राष्ट्रलाई टी ट्वान्टी आईको मान्यता दिएको छ । अब अन्तराष्ट्रिय प्रतियोगितामा हुने सम्पूर्ण आईसीसीका खेलहरु टी ट्वान्टी आई मान्यता हुनेछ । त्यसअघि आईसीसीले वान डे राष्ट्र बाहेकलाई टी ट्वान्टी आई मान्यता दिएको थिएन ।

टी ट्वान्टी आईमा नेपालले सन् २०१४ को विश्वकपमा हङकङसँग डेब्यू गरेको थियो । नेपालले हालसम्म १७ टी ट्वान्टी आई खेल खेलको छ । जसमा उच्च स्कोर १ सय ७३ हुँदा सबैभन्दा कम स्कोर ५३ रहेको छ ।

१७ टी ट्वान्टी आईमा हालसम्म नेपालबाट सर्वा्धिक रन बनाउनेमा सुवास खकुरेल (विकेटकिपर र ओपनर) , सोमपाल कामी (अलराउन्डर), ज्ञानेन्द्र मल्ल (शीर्षक्रम ब्याट्सम्यान), शरद भेषावकर (मध्यक्रम ब्याट्सम्यान), पारस खड्का (कप्तान) रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button