तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड

चितवन। भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमूखको कार्यकक्षमा आगजनी र तोडफोड गरेका छन् । क्याम्पस प्रमूख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुुखहरु बस्दै आएको कुर्सी र टेबुल पूर्णरुपमा नष्ट हुनुका साथै कोठामा रहेका दराज र झ्यालका सिसा पनि तोडफोड गरिएको छ ।
बिहान ९ बजे क्याम्पस परिसरमा आएका विद्यार्थीहरुको समूहले आगजनी गरेको हो । आगजनीका कारण भएको क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । आगो विद्यार्थी र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो । यसअघि सहायक क्याम्पस प्रमुखका कार्यकक्षमा विद्यार्थीले लगाएको ताला क्याम्पस प्रशासनले तोडेको थियो ।
सो क्रममा अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता मिलन भट्टराईमाथि कुटपिट भएकाले त्यसको विरोधमा भट्टराईका समर्थकहरुले आज आगजनी र तोडफोड गरेको अनेरास्ववियुका क्याम्पस कमिटीका अध्यक्ष लीलाराम पौडेलले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button