तपाईँ सुन्दै हुनुहुन्छः

वाणिज्य र उद्योग संघलाई करको हिस्सा प्रदान

चितवन । भरतपुर महानगरपालिकाले व्यवसाय कर संकलनमा सहयोग पुर्याउने उद्योग वाणिज्य संघ चितवन र उद्योग संघ चितवनलाई महानगरपालिकाले उठेको करको हिस्सा प्रदान गरेको छ ।

महानगरपालिकाले उद्योग वाणिज्य संघलाई संकलित रकमको पाँच प्रतिशत र उद्योग संघलाई तीन प्रतिशत हिस्सा उपलब्ध गराएको हो ।

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५–०७६ को असार तेस्रो सातासम्म व्यवसाय कर चार करोड ७६ लाख ६९ हजार ४ सय १६ रुपैयाँ राजश्व संकलन गरेको थियो ।

सो मध्येबाट उद्योग वाणिज्य संघलाई २३ लाख ८३ हजार ९ सय ७० र उद्योग संघलाई १४ लाख ३० हजार ३ सय ८२ रुपैयाँ प्रदान गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button