तपाईँ सुन्दै हुनुहुन्छः

बाढी, पहिरो र डुबानमा परी ६७ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५–५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४–४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३–३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २–२ जना तथा ईलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा १–१ जना गरी जम्मा ६७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये २६ जना महिला ४१ जना पुरुष रहेका छन् ।

बाढी पहिरोमा परी ३१ जना बेपत्ता भएका छन् भने ३३ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

यसै गरी बाढी, पहिरो र डुबानमा परी ३१ जिल्ला प्रभावित भएको छ भने २ हजार एक सय ५६ जनाको सकुशल उद्दार गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार स्रोह हजार पाँच सय ३० घरधुरी प्रभाबित भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button