तपाईँ सुन्दै हुनुहुन्छः

जावलाखेल युथ सेमिफाइनलमा प्रवेश

काठमाडौं । उपाधिको प्रवल दावेदार विभागीय त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा पराजित गर्दै जावलाखेल युथ क्लब ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जावलाखेलले यसअघिको दुवै संस्करणको च्याम्पियन आर्मीलाई सडनडेथमा ४–३ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

जावलाखेलले पेनाल्टी सुटआउटमा सुरुवाती दुई प्रहार खेल फालेपनि त्यसपछिको सबै चार पेनाल्टीमा गोल गर्न सफल भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button