तपाईँ सुन्दै हुनुहुन्छः

११ भूमिहीन परिवारलाई जग्गा धनी पूर्जा वितरण

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिकाले गाँउपालिकाभित्रका ११ भूमिहीन परिवारलाई जग्गा धनी पूर्जा वितरण गरेको छ ।

गाउँपालिकाले तीन पुस्तादेखि गाउँपालिकाभित्र बसोबास गर्दै आएका ११ भूमिहीनलाई जग्गाधनीको लालपूर्जा वितरण गरेको हो ।

ठाउँअनुसार प्रति रोपनी एक लाख ५० हजार रुपैयाँका दरले जग्गा खरिद गरी एक–एक रोपनी जग्गाको लालपूर्जा वितरण गरिएको गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button