तपाईँ सुन्दै हुनुहुन्छः

राहत र उद्धारलाई थप प्रभावकारी बनाइने

काठमाडौँ । विपद् व्यवस्थापन केन्द्रीय कार्यकारी समितिको बैठकले राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।

आज गृह मन्त्रालयमा बसेको बैठकले आवश्यकतानुसार राज्यका सबै अङ्ग परिचालन गरी विपद् जोखिम न्यूनीकरण र उद्धारलाई थप क्रियाशील भएर लाग्ने निर्णय गरेको हो ।

बैठकले आवश्यक स्थानमा हेलिकप्टर प्रयोग गर्दै अबरुद्ध राजमार्गहरू तत्काल खुलाउने, खानेपानी र खाद्यान्नको व्यवस्थापनमा सबै निकाय चुस्त भएर लाग्ने निर्णय समेत गरेको छ ।

बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा अधिकारीहरूको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button