तपाईँ सुन्दै हुनुहुन्छः

बाढीबाट ज्यान गुमाएका परिवारलाई ३ लाख दिने प्रदेश सरकारको निर्णय

अजय झा । प्रदेश नम्बर २ सरकारले बाढीबाट ज्यान गुमाएका परिवारलाई ३ लाख रुपैया दिने निर्णय गरेको छ ।

आज बसेको २ नम्बर प्रदेशको मन्त्रिपरिषद बैठकले प्रदेश २ मा बाढीबाट ज्यान गुमाएका परिवारलाई ३ लाख रुपैया दिने र प्रदेशस्थित बाढी प्रभावितको राहत तथा उद्धारका लागि ८ वटै जिल्लामा १०–१० लाख रुपैया निकासा गर्ने निर्णय गरेको मूख्यमन्त्री लालबाबु राउतले बैठकपछि जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले बाढी र डुबानका कारण आवातजावतमा समस्या भैरहेकाले प्रभावितहरुको राहत र उद्धारका लागि हेलिकप्टर उपल्बध गराउन केन्द्रिय विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आग्रह गर्ने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button