तपाईँ सुन्दै हुनुहुन्छः

आफुलाई झुक्याईदा लज्जित हुनुपर्यो, क्षमा चाहन्छु

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा भारतबाट आएको पत्रबारे आफूलाई जानकारी नगराएर झुक्याइएकोले त्यसबारेमा आफुले खोजी गर्ने प्रष्ट पार्नुभएको छ ।
भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै प्रधानमन्त्री ओलीले यसबारे आवश्यक खोजबिन भइरहेको र आफुलाई पत्रबारे जानकारी नहुँदा पत्र नआएको भनी बोलेकोमा क्षमा समेत माग्नुभयो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विहिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्रबारे भन्नुभयो, ‘भारतबाट पात्र आएको रहेछ, तर मैले आएको छैन भनेर सार्वजनिक रुपमा बोलेँ । त्यस सम्बन्धमा विभिन्न ठाँउमा कुटनीतिक प्रयास हुनु र मलाई जानकारी नदिनुले म लज्जित हुनुप¥यो । यसप्रति म क्षमाप्रार्थी छु ।’
आफूलाई झुँक्याएको विषय सामान्य लापरवाही हो वा जानीबुझी हो भन्ने बुझ्ने काम भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘नेपालीको भान्सामा विषादी पाक्न हुँदैन, शुद्ध खाना हुनुपर्छ भन्ने सरकारको उद्देश्य भएको भन्दै प्रधानमन्त्री ओलीले सरकारविरुद्ध चलाएको मिसन पूरा हुन दिने छैन ।’
प्रधानमन्त्री ओलीले विषादी परीक्षणको निर्णय कुनै देशविरुद्ध नभएको पनि प्रष्ट पार्नुभयो ।
हिजो त्रिभुवन विश्व विद्यालयमा भवन उद्घाटन गर्न जाँदा हिलोमा कार्पेट ओछयाएर प्रधानमन्त्रीलाई स्वागत गरियो भन्ने नकरात्मक ढंगबाट समाचार आएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यो मिसन पत्रकारिताको हो । हिजो पानी परेछ । कार्पेट भिज्यो, सबै ठूला समाचार त्यही बन्यो । यो मिसनअन्तरगत भइरहेको कुरा हो ।’

उहाँले भन्नुभयो ‘भ्रम फिजाउने काम भइरहेको छ । भ्रममा रमाउनेहरू रमाइरहेका छन् । किनारामा बसेर हेर्नेहरू हेरिरहेका छन् । तर सरकार अगाडि बढिरहेको छ । सरकारमाथि अनावश्यक र बेतुकपूर्ण ढंगबाट प्रहार हुने काम भैरहेको भएपनि सरकार अघि बढिरहेको छ, लोकतन्त्र सुदृढ गर्ने कुरामा, संविधान कार्यान्वयन गर्ने विषयमा र मुलुककले प्राप्त गरेको उपलब्धि रक्षा गर्ने र सुदृढ गर्ने कुरामा ।’
प्रधानमन्त्री ओलीले मुलुकको संघीयता कार्यान्वनमा असाधारण सफलता हासिल भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले संघियता कार्यान्यवनका लागि संविधान बमोजिम आवश्यक ऐन कानुन निर्माण, राज्यका सबै अङ्गको पुनर्संरचना लगायतका विषयमा छिटफुट बाहेक ठूलो सफलता प्राप्त भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले तीन तहका अधिकार सम्पन्न सघीयता कार्यान्वयनमा रहेको उल्लेख गर्नुहुँदै सिहंदरवारको अधिकार प्रदेशमा होईन गाँउमा पु¥याउने लक्ष्यका साथ संघीयता कार्यान्वयनमा ल्याईएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button