तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय एकतालाई मजबुत बनाउनुपर्छः उपप्रम पोखरेल

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सामाजिक सद्भावको जगमा खडा भएको हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाएर लैजानुपर्ने बताउनुभएको छ ।

मधेशी आयोगद्वारा आज काठमान्डौमा आयोजित ‘मधेशी समुदायको हकहितको संरक्षण र सम्बद्र्धन तथा सशक्तीकरण’सम्बन्धी अन्तरक्रियामा उपप्रधान मन्त्री पोखरेलले अग्रगमनतर्फ उन्मुख गौरवपूर्ण इतिहास, धर्म, संस्कृति, मूल्य र मान्यतालाई एकताबद्ध भएर रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले छिमेकी मुलुकको तुलनामा नेपालको संविधानले समानुपातिक र समावेशीको सिद्धान्तलाई उत्कृष्ट ढङ्गबाट आत्मसात् गरेको बताउनु भयो ।

थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले मधेशी र थारु समुदायका माग एकै खालका भएको र तराई–मधेशमा उठेको विषय सम्बोधन गर्न दुवै आयोग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मधेशी आयोगका अध्यक्ष विजय दत्तले मधेशी समुदायको समग्र स्थितिको अध्ययन गरी समस्याको पहिचान भइसकेको हुँदा समाधानको उपाय के हुन सक्छ भनी सुझाव लिन कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button