तपाईँ सुन्दै हुनुहुन्छः

अविरल वर्षाका कारण नेपालगञ्ज जलमग्न

नेपालगञ्ज-तीन दिनदेखि परेको अविरल वर्षाका कारण नेपालगञ्जका विभिन्न स्थान जलमग्न भएका छन् । कतिपय स्थानमा घर समेत डुबेका छन् । नेपालगञ्जको फुल्टेक्रा, धम्बोझी, बेलासपुर, घरबारीटोल, गणेशपुर लगायतका स्थान जलमग्न भएपछि आवागमनमा समेत कठिनाई भएको छ । नगरको नाली सफा नहुँदा डुबान भएको स्थानीयले बताएका छन् ।

उपमहानगरपालिकाले नगरमा डुबान हुन नदिन नाली सफाइलाई तीव्रता दिइएको जनाएको छ । अविरल वर्षाका कारण नेपालगञ्ज–गुलरिया सडकखण्ड समेत प्रभावित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button