तपाईँ सुन्दै हुनुहुन्छः

राजदूत सिफारिस चारै जनाको सुनुवाई सुरु

काठमाण्डौ । संसदीय सुनुवाई समितिले विभिन्न चार देशका लागि नेपाली राजदूत पदमा सिफारिस हुनुभएका चारै जनाको सुनुवाई सुरु गरेको छ ।
सोमबार विहान बंगलादेशका लागि नेपाली राजदुत पदमा सिफारिस हुनु भएका वंशीधर मिश्रसँग सुनुवाई गरेको समितिले आजै दिउँसो तीन वजेपछि राजदूत पदमा सिफारिस हुनुभएका अन्य तीन जनाको सुनुवाई गर्दैेछ ।
सरकारले सिफारिश गरेकाहरुमा अष्ट्रेलियाका लागि महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा र कतारका लागि नारद भारद्वाज रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button