तपाईँ सुन्दै हुनुहुन्छः

अत्याधिक गर्मीले झापामा कुखुरा मर्न थाले

झापा । केही दिन यता बढेको अत्यधिक गर्मीका कारण झापामा व्यवसायिक रुपमा पालिएका कुखुराहरु मर्न थालेका छन् ।
गर्मीले ब्रोइलर तथा लेयर्स जातका कुखुरा मरेको किसानहरुले बताएका छन् । दुई दिनमा करिब २०० वटा कुखुरा मरेको पञ्चमुखी कृषि फार्म दमकका सञ्चालक देवराज अधिकारीले बताउनुभयो । व्यवसायिक रुपमा चार हजार लेयर्स कुखुरा पाल्दै आउनु अधिकारीले अण्डाको उचित मूल्य नपाइरहेका बेला कुखुरा नै मर्न थालेपछि थप समस्या भएको गुनासो गर्नुभयो ।
दमक एग्रिकल्चर फर्ममा पनि दुई दिनमा करिब डेढ सय कुखुरा मरेका छन् । गर्मीले ल्या¥कलुरुक्क भएका त्यति नै संख्याका कुखुरालाई छहारीमा राखेर स्याहार गरिरहेको सञ्चालकहरुले बताएका छन् ।
एक सयको हाराहारीमा रहेका जिल्लाका व्यवसायिक फर्ममा पनि कुखुरा मरिरहेको खबर आएको अण्डा उत्पादक संघ झापाका उपाध्यक्ष देवेन्द्र प्रसाईले बताउनुभयो । अत्याधिक गर्मीका कारण झापाका बजारहरुमा सर्वसाधारणको चहल पहलमा समेत निकै कमी आएको छ । चर्काे घाम र तातो हावाका कारण सर्वसाधारणलाई घरबाहिर निस्कन कठिन भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button