तपाईँ सुन्दै हुनुहुन्छः

घुस लिएको आरोपमा शिक्षाका सब इन्जिनियर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले विद्यालयको भवन निर्माणका क्रममा घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय एकाई काभ्रेपलान्चोलकका सब इन्जिनीयर धनवीर भगत र शिक्षाकै पूर्वकर्मचारी सव इन्जिनीयर निरजकुमार चौधरीलाई पक्राउ गरेको छ ।

काभ्रेपलान्चोकको एक विद्यालय मर्मत सम्पन्न भएपछि कागजात मिलाउन विद्यालय व्यवस्थापन समितिबाट एक लाख ५० हजार घुस लिएको आरोपमा भगत र चौधरीलाई शिक्षा विकास तथा समन्वय एकाई धुलिखेलबाट आज पक्राउ गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button