तपाईँ सुन्दै हुनुहुन्छः

एक विदेशीसहित चार पर्वतारोही सम्मानित

काठमाडौँ । पर्वतीय पर्यटन प्रवद्र्धनमा विशेष योगदान गरेको भन्दै ‘प्रकाश दाहाल स्मृति प्रतिष्ठान’ले एक विदेशीसहित चार पर्वतारोहीलाई सम्मान गरेको छ ।

प्रकाश दाहालको ३८ औँ जन्मजयन्तीको अवसरमा आज काठमाडौँमा आयोजित ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान–२०७६’ कार्यक्रममा सगरमाथा ओरोही तथा सम्पर्क अधिकृतका रुपमा कार्यरत ज्ञानेन्द्रकुमार श्रेष्ठ, आइसफल डा आङ सार्की शेर्पा, पर्वतारोही छिरिङ तुन्डु शेर्पा, साहसिक महिला आरोही माया शेर्पालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गर्नुभयो । सोही अवसरमा नेपाललाई विगत ३४ वर्षदेखि सहयोग गर्दै आउनु भएका पर्वतारोही दक्षिण कोरियाका नागरिक अम हङ गिललाई पनि सम्मान गर्नुभयो ।

कार्यक्रमका सहभागीले अल्पायुमै निधन भएका प्रकाशले राजनीतिक, सामाजिक एवम् पर्वतीय पर्यटनमा पु¥याएको योगदानको चर्चा गरियो ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाशले ३६ वर्षकै उमेरमा सबै अनुभव सङ्गालेको बताउँदै उहाँका सकारात्मक योगदानबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा प्रकाशले गरेको सहयोग अविस्मरणीय रहेको बताउनुहुदैं उहाँको बाल्यकाल असाध्यै कठिन अवस्थामा बिते पनि पछिल्ला दिनमा परिपक्व भइसकेको अध्यक्ष दाहालले सुनाउनुभयो ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सामान्य काम सबैले गर्ने भन्दै विशेष काम थोरैले मात्र गर्ने र त्यसमध्ये एक प्रकाश भएको बताउनुभयो ।

नेता नेपालले पार्टी सञ्चालनदेखि सरकार सञ्चालनमा पनि प्रकाशको अभाव भइरहेको भन्दैे प्रविधिमा दक्ष रहेका प्रकाशले सगरमाथाको सफल आरोहणसमेत गरेका बताउनुभयो ।

नेपाली काँग्रेस नेता डा प्रकाशशरण महतले पछिल्लो पटक अध्यक्ष दाहाल प्रधानमन्त्री हुँदा आफूले परराष्ट्रमन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्दा प्रकाशसँग सङ्गत गर्ने अवसर पाएको स्मरण गर्दै उहाँ कुशल व्यवस्थापक भएको उल्लेख गर्नुभयो ।

खानेपानीमन्त्री समेत रहनुभएका प्रकाश पत्नी बीना मगरको सभापत्विमा सम्पन्न कार्यक्रममा राजपाका नेता महेन्द्रराय यादव र शहरी विकासमन्त्री इस्तियाक मोहम्मद राईलगायतले प्रकाश नेपाली युवाको प्रेरणाको स्रोत रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button