तपाईँ सुन्दै हुनुहुन्छः

सांसदहरुको भिडियो प्रोफाइल सार्वजनिक

काठमाण्डौं । संसद दिवसको अवसर पारेर संघीय संसद सचिवालयले दुवै सदनका सांसदहरुको भिडियो प्रोफाईल तयार पारेको छ ।
संसद सचिवालय सिंहदरवारमा सोमवार आयोजित कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका ३३४ मध्ये ३३१ जना सांसदको व्यतिmगत चिनारी झल्किने भिडियो बनाइएको जानकारी दिइयो ।
नेपालको संसदीय अभ्यासको अध्ययन तथा अनुसन्धान गर्नका लागि महत्वपुर्ण श्रोतको रुपमा रहने गरी प्रोफाईल तयार गरिएको उपसभामुख शिवमाया तुम्बाहाम्फेले बताउनुभयो ।
संसदको अन लाइनका साथै मोवाइल एप्सको माध्यमबाट पनि सांसदहरुको आफ्नै बोली मार्फत जन्म, उमेर, शैक्षिक योग्यता र राजनैतिक सहभागिता जस्ता विषय भिडियो प्रोफाइलमा हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button