तपाईँ सुन्दै हुनुहुन्छः

व्यबस्थापन नसुधारे सरकारले निगमलाई सहयोग गर्दैन : प्रम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु सेवा निगम व्यवस्थापनलाई निगममा तत्काल सुधार गर्न निर्देशन दिनुभएको छ ।
निगमको ६१ औं वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले निजी विमान कम्पनीहरु सबै नाफामा जाने तर सरकारी विमान कम्पनी मात्र निरन्तर घाटामा जानुको कारण के हो भनी प्रश्न गर्नुभयो । “वायुसेवा निगम ६१ वर्षमा ३७ अर्ब घाटामा गएछ यसको कारण के हो ?” प्रधानमन्त्री ओलीले भन्नुभयो “यथास्थितिमा निगमलाई सरकारले एक पैसा पनि दिदैन ।”
प्रधानमन्त्री ओलीले व्यबस्थापनले स्पष्ट कार्ययोजना सरकारलाई पेश गर्नुपर्ने र त्यसलाई कार्यान्वयन गर्ने दृढता पनि व्यबस्थापनसँग हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले निगमको व्यबस्थापन तत्काल सुधार गर्नुपर्ने आवश्यकता औल्याउदै आकाशमा उड्नु पर्ने निगमका जहाज सधैं विमानस्थलमा देखिनुले पनि निगमको व्यवस्थापन पक्ष कस्तो छ भनेर अनुमान गर्न सकिने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
“एकपटक एयरर्पोटमा निगमका जहाज बग्रेल्ती देखेपछि मैले सोधें, नेपाल एयरलाइन्सका जहाज त धेरै रहेछन् नि” केही समय अघिको प्रसंग स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “तर मैले जवाफ पाएँ कि यी जहाज नउडेर यहाँ देखिएका हुन् । उडेका भए सबै जहाज आकाशमा हुन्थे । निगम पनि नाफामा जान्थ्यो ।”
निगमका निर्णयहरु हचुँवाका भरमा हुने गरेको प्रधानमन्त्रीले बताउनुभयो । प्रधानमन्त्री ओलीले जापानको नारिता विमानस्थल र युरोपियन देशहरुमा उडानको तयारी गर्न पनि व्यवस्थापनलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button