तपाईँ सुन्दै हुनुहुन्छः

पुष्पलाल राष्ट्रिय पुरस्कार २०७५ प्रदान

काठमाण्डौ-राष्ट्रपति विद्यादेबि भण्डारीले पुष्पलाल राष्ट्रिय पुरस्कार २०७५ बाट लोककृष्ण भट्टराई, डा. नारदनाथ भारद्धाज र डा. राजेन्द्र बिमललाई सम्मान गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासमा आज आयोजित कार्यक्रममा राजनैतिक, ईतिहास तथा साहित्य, संस्कृति र विज्ञानको क्षेत्रमा विशेष योगदान गरेवापत उहाँहरुलाई एकलाख नगद सहितको सम्मानपत्रबाट राष्ट्रपति भण्डारीले सम्मान गर्नुभएको हो ।

सम्मान कार्यक्रममा पुर्वप्रधानमन्त्री तथा पुष्पलाल प्रतिष्ठानका अध्यक्ष माघब कुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलन र यस ठाउँसम्म आईपुग्न स्वर्गीय पुष्पलालको योगदान रहेको र उहाँ नेपालमा कम्युनिष्ट घोषणापत्र तयार गर्ने पहिलो व्यक्ति हुनु भएको बताउनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनराज्यमन्त्री धनबहादुर बुढाले नेपाली राजनितीमा पुष्पलाल उच्च स्थानमा रहनुभएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button