तपाईँ सुन्दै हुनुहुन्छः

नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक र ३५ प्रतिशत नर्स उत्तीर्ण

काठमाण्डौ । विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएका छन् ।

नेपाल मेडिकल काउन्सिललले हिजो लिएको पोष्टग्राजुएट्स तह (पिजी) अध्ययन पूरा गरेका ३४२ जना चिकित्सक मध्ये २१७ जना मात्र उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

यसैगरी नेपाल नर्सिङ परिषद्ले शनिबार नै लिएको नर्सिङ दर्ता प्रमाणपत्र परीक्षामा ३५ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

परीक्षामा सहभागी एक हजार पाँच सय एक मध्ये पाँच सय छब्बिस जना मात्र उत्तीर्ण भएको परिषद्ले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button