तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको नेतृत्व परिवर्तन हुँदैनः उपप्रम पोखरेल

सिन्धुली । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले हल्लाको भरमा सरकारको नेतृत्व परिवर्तन नहुने बताउनुभएको छ ।

जननेता मदन भण्डारीको ६८औँ जन्मजयन्तीका अवसरमा आज सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा उहाँले दुई नेताबीच भद्र सहमति भए पनि त्यस विषयमा अहिले पाटी भित्र कुनै छलफल नभएको बताउनुभयो ।

उहाँले मदन भण्डारी कम्युनिष्ट आन्दोलनमा जनताको पक्षमा उभिने, सृजनशिल, अध्यनशिल, शान्तिपूर्ण प्रतिस्पर्धा, जनताद्धारा अनुमोदित नेता र पार्टी भएमात्र देशको विकास हुने धारणा भएको नेता भएकोले उहाँको विचार सबै कम्युनिष्टहरुले अनुशरण गर्नु आवश्यक रहेको मन्त्री पोख्रेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button