तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाको बैठकबाट गुठी विधेयक फिर्ता

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले गुठी विधेयक, २०७५ फिर्ता गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रस्ताव प्रस्तु गर्नुभएको थियो ।

बैठकमा भूमि व्यवस्थामन्त्री अर्यालले धर्म र परम्परा मास्ने गरी गुठी विधेयक ल्याइयो भनी गलत प्रचार गरिएकामा दुःख व्यक्त गर्दै सनातन धर्मको संरक्षण गर्न नै विधेयक ल्याइएको र साविकदेखि चलेको प्रथा, परम्परा सबै विधयेकमा व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।

मन्त्री अर्यालले गुठी जग्गासँग जोडिएका पीडित जनता पनि रहेको उल्लेख गर्दै त्यसलाई सरकारले हेरेर मात्र नबसी जिम्मेवारी समेत लिएर समाधान खोज्दा विरोध भएको टिप्पणी गर्नुभयो ।

राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल इञ्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही असार ११ गते बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button