तपाईँ सुन्दै हुनुहुन्छः

किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर

सल्यान। जिल्लाको छत्रेश्वरी गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । अनुदानमा हाते ट्याक्टर पाएपछि खेतबारी जोत्न गोरु खोज्नु पर्ने समस्या टरेकोमा किसान खुशी बनेका छन् ।
गाउँपालिकाले खेतबारी जोत्दा किसानलाई समय र पैसाको बचत गरी उत्पादन बढाउने उद्देश्यका साथ गाउँपालिका क्षेत्रभित्र कृषि उत्पादन गर्ने किसानलाई आधुनिक कृषि औजार वितरण गरेको जनाएको छ ।
गाउँपालिकाको ५० प्रतिशत अनुदान र कृषकको ५० प्रतिशत अनुदानमा गाउँपालिकाभित्रका १० किसानलाई हाते ट्याक्टर वितरण गरेपछि व्यबसायिक उत्पादनमा किसानको आर्कषण बढ्ने गाउँपालिका उपाध्यक्ष सीता केसीले बताउनुभयो । कृषिलाई व्यवसायिक र यान्त्रिकिकरण गरेर छिटोछरितो रुपमा काम सम्पन्न गर्न हाते ट्याक्टर प्रभावकारी बन्ने उहाँको भनाई छ ।
गाउँपालिका भित्रका कृषि समूह, कृषि सहकारी, व्यक्तिगत फर्म र व्यवसायिक कृषकहरुलाई औजार उपलब्ध गराइएको गाउँपालिका कृषि शाखा प्रमुख अमर बवालले बताउनुभयो ।
अनुदानमा ट्याक्टर पाएपछि गाउँमा कसको गोठमा गोरु छन् भनेर खोज्नु पर्ने समस्या हटेको किसानहरुको भनाई छ । गोरु खोज्न खर्च हुने समय अव व्यवसायिक उत्पादनमा लगाइनेउनीहरुको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button