तपाईँ सुन्दै हुनुहुन्छः

आर्मी ‘ए’ र एपीएफ ‘ए’ लाई बीच भलिबलको उपाधि

अजय बम । विभागीय टोली त्रिभुवन आर्मी क्लब ‘ए’ र नेपाल एपीएफ क्लब ‘ए’ ले पुरुष तथा महिलातर्फ बीच भलिबल प्रतियोगिताको उपाधि जितेका छन् ।

पोखरामा सोमबार भएको फाइनलमा मानबहादुर श्रेष्ठ र दिल सुनारसम्मिलित आर्मी ‘ए’ ले राजु विक र अनिल मगर सम्मिलित गण्डकीलाई २–१ ले पराजित गरेको हो । पहिलो सेट आर्मीले २१–१६ ले जितेपनि दोस्रो सेट गण्डकीले २१–१८ ले आफ्नो पक्षमा पार्यो । निर्णायक सेटमा आर्मीले लय समात्दै १८–१६ को जित दर्ता गर्यो ।

महिलातर्फ भएको विभागीय भिडन्तमा एपीएफका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले नीता कुमारी शाह र कोपिला उप्रेती को जोडीलाई सोझो सेटमा पराजित गर्यो । एपीएफले २१–१३, २१–१३ को अन्तरले जित दर्ता गर्दै उपाधि हात पारेको हो ।

पुरुषतर्फ सन्जु बिक्रम शाह र रमेश केसीको जोडी गण्डकी ‘ए’ ले चन्द्र कुवँर र तोरण चन्दको जोडी नेपाल पुलिस ‘ए’ लाई पराजित गर्दै तेस्रो स्थान हात पारेको छ ।

महिलामा पुष्पा चौधरी र मनिषा चौधरीको जोडीले तेस्रो स्थान हात पार्यो । उपाधिसँगै महिला र पुरुष दुवै तर्फका विजेताले समान ३० हजार रुपैयाँ हात पारे ।

दोस्रो भएकाले पनि समान २० हजार रुपैयाँ पाए भने तेस्रो हुनेले समान १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा महिला तर्फ १४ र पुरुष तर्फ १७ टिम गरी ३१ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button