तपाईँ सुन्दै हुनुहुन्छः

नेपालकै होचो स्थान कचनकवलमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन

झापा,भद्रपुर । नेपालकै सबैभन्दा होचो स्थान रहेको झापाको कचनकवल गाउँपालिकामा सोमबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा आएको छ ।
ऐतिहासिक केचना झिलको सरसफाई गरेर कार्यक्रमको शुरुआत गरिएको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिनुभयो ।
प्रक्रिया अनुसार छनोटमा परेका ८६ जना श्रमिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा परिचालन गरिएको रोजगार संयोजक सञ्जु ढकालले जानकारी दिनुभयो ।
दैनिक ५१७ रुपैयाँ ज्याला उपलब्ध गराउने गरी ३० दिनका लागि छनोटमा परेका श्रमिकलाई केचना झिल सरसफाई, बोडा केचना झिल सरसफाई र बृक्षरोपण, खोल्साखोल्सीमा बाँसे पूल निर्माण, गाउँपालिकाभित्र रहेका काठे पूल मर्मत सम्भार र कच्ची सडक मर्मतमा परिचालन गरिने इन्जिनियर अमित ढुंगानाले बताउनुभयो ।
कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्षमा १९ लाख रुपैयाँ संघीय सरकारबाट प्राप्त भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button