तपाईँ सुन्दै हुनुहुन्छः

संसद बैठकमा बजेटमाथिका प्रश्नको मन्त्रीहरुद्वारा जवाफ

काठमाण्डौ, ९ असार । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत विभिन्न शीर्षकहरु माथिको छलफलमा उठेका प्रश्नहरुको सम्बनिधत मन्त्रीहरुले जवाफ दिनुभएको छ ।
छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाउन सरकार ठोस योजनाका साथ अघिबढेको बताउनुभएको छ ।
उहाँले, वैदेशिक रोजगारलाई नेपाली श्रमिकको हितमा हुनेगरी विभिन्न गन्तव्य मुलुकसँग द्धिपक्षीय सम्झौता भएको बताउनुभयो ।
मन्त्री बिष्टले चालु आर्थिक वर्षमा जापान, मलेसिया, युएई, कतार, कुवेत, टर्की लगायतका मुलुकसँग द्धिपक्षिय सम्झौता भई प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वन अघि बढेको बताउदै मन्त्री विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्र्तगत हालसम्म ३ हजार १ सय ४६ औद्योगिक प्रतिष्ठान सूचिकृत भैसकेको बताउनुभयो ।
उहाँल,े असार १५ र १६ गते रोजगार सम्मेलन गर्ने कार्यक्रम रहेको संसदलाई जानकारी दिनुभयो ।
यसैगरी, छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अधुरा आयोजना पुरा गर्न सरकार गंभीर रहेको बताउनुहँुदै प्रदेश सरकार अन्तर्गत परेका राष्ट्रिय महत्वका आयोजना प्रदेश सरकारले पुरा गर्न नसक्ने अवस्था आए त्यसता आयोजना पुरा गर्न पनि संघीय सरकार तयार रहेको बताउनुभयो ।
उहाँले, घुमाउरो सडक छोटो बनाउने सरकारको नीति रहेको बताउनुहँुदै आर्थिक वर्ष ०७६।०७७ का लागि सरकारले सुरुङमार्ग निर्माणका लागि रु. ५९ करोड रुपैयाँ बिनियोजन गरेको जानकारी दिनुभयो ।
त्यसैगरी, छलफलमा उर्जा, जलश्रोत तथा सिचाईंमन्त्री वर्षमान पुनले उर्जा, जलश्रोत र सिंचाईको विकास गर्न सरकार स्पष्ट नीति र कार्यक्रमका साथ अघि बढेको बताउनुभयो ।
मन्त्री पुनले यसक्षेत्रको विकासका लागि नीजिक्षेत्रसंग साझेदारी गर्दै नीजिक्षेत्र प्रवद्र्धन हुनेगरी कामहरु सुरु भएको बताउनुभयो ।
उहाले विभिन्न स्थानहरुमा उर्जा, जलश्रोत र सिंचाई लक्षित विभिन्न कार्यक्रमहरु अघि बढाईएको बताउनुभयो ।
बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत विभिन्न शीर्षकहरु माथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेक्रम जारी छ ।

यसअघि कम नम्बर ल्याउनेलाई त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय गोप्य शाखाका कर्मचारीको मिलेमतोमा नम्बर थपेर स्वर्णपदक दिइएकोप्रति सांसदहरुले आपत्ती जनाउनुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्नुहुँदै सांसद अग्निप्रसाद सापकोटाले विकृति र विसङ्गतिको थलोका रुपमा शिक्षण संस्था विकसित हुन लागेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद मीनबहादुर विश्वकर्माले प्रकाश सपूतले गाएको गलबन्दी बोलको गीत अर्कै कलाकारले गाएको भनी जातीय भेदभावका दृष्टिले अपमान गर्न खोजेकाले साइबार कानून बमोजिम कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।
सांसद राजेन्द्र श्रेष्ठले गुठी विधेयकमा भएका सबै गलत विषय खारेज गर्न माग गर्नुभयो ।
सांसद खगराज अधिकारीले गण्डकी प्रदेशद्वारका रुपमा रहेको पुल जीर्ण भई नाकाबन्दी हुन सक्ने भएकाले यथाशीघ्र बनाउन माग गर्नुभयो ।
सांसद जीपछिरिङ लामाले लोकसेवा आयोगले समावेशी सिद्धान्त अनुसार विज्ञापन नगरेकाले खारेज गर्न माग गर्नुभयो ।
सांसद महेश्वरजङ्ग गहतराजले तराई क्षेत्रमा वर्षात्का कारण मात्र नभई भारतका विभिन्न क्षेत्रमा निर्माण भएका बाँध र अग्लो सडकले नेपाली भूमि डुबानमा पर्न थालेकाले समस्या समाधानतर्फ सरकारले बेलैमा ध्यान पु¥याउन आग्रह गर्नुभयो ।
सांसद गगन थापाले वन जङ्गल फाँडेर होटल, रिसोर्ट, सफारी बनाउने सोच गलत भएको भन्नुहुँदै ऐनमा नभएको विषय वनमन्त्रीले कार्यविधिमा थपेर ऐनलाई छलेर चोरबाटोबाट कार्यविधि ल्याएको आरोप लगाउनुभयो । यसअघि ससदीय समितिले गरेको निर्णय विपरीत कार्यविधि आएकाले यस विषयमा अध्ययन गर्न समिति र मन्त्रालयलाई उहाले आग्रह गर्नुभयो ।
सांसद पोल्देन छोपाङ गुरुङले मनाङ जाने पुल बाढीले बगाएकाले बेलीब्रिज छिटो हाल्ने व्यवस्था मिलाउन माग गर्नुभयो ।
सांसद रामबहादुर बुढाले कर्णाली प्रदेशका जनताको आय आर्जन बढाउन सिञ्चाइको व्यवस्थाका लागि बाँध बाँध्ने, विद्युत् निकाल्ने योजनामा स्थानीयवासीलाई शेयर दिनुपर्ने माग गर्नुभयो ।
यसअघि प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा नेपाली काँग्रेसका सांसद पुष्पा भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले विधिको शासन उल्लंघन गरेको आरोप लगाउनुभएको थियो ।
प्रतिनिधिसभाको आजको बैठककोे शुन्य समयमा बोल्नुहुँदै काँग्रेसकी सचेतक समेत रहनुभएकी सांसद भुषालले कारागार ऐनको दफा ११ र दफा २५ उल्लंघन गरी प्रधानमन्त्री ओलीले अस्पताल भर्ना हुनुभएका सांसद रेशम चौधरीको खुट्टामा लगाईएको नेल फुकाउन र नेल लगाउने कारागारका कर्मचारीलाई कारबाही गर्न दिनुभएको ठाडो निर्देशनले प्रधानमन्त्रीले मुलुकमा हुकुमी शासन चलाउन खोजेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button