तपाईँ सुन्दै हुनुहुन्छः

जुनिचाँदे–११ मा खाद्य संस्थानको नयाँ विक्री केन्द्र

काठमाडौं । नेपाल खाद्य संस्थानले जाजरकोटको जुनिचाँदे गाउँपालिका–११ ताँगामा नयाँ बिक्री केन्द्र स्थापना गरेको छ ।

जिल्लाको सबैभन्दा दुर्गम गाँउ ताँगामा पहिलो पटक डिपो स्थापना गरी खाद्यान्न बिक्री कार्य शुरु भएपछि स्थानीय खुशी भएका छन् ।

विक्रि केन्द्रका लागि ५ सय क्विन्टल चामल स्वीकृत भएमध्ये पहिलो चरण त्यहाँ पुर्याइएको ४५ क्विन्टल खाद्यान्न उद्घाटन गरिएको १ घण्टाभित्रै बिक्री भएको थियो ।

खाद्यान्न कम उत्पादन हुने सो क्षेत्रमा यातायातको समेत सहज पहुँच नभएकाले खाद्यान्न अभाव हुने गरेको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button