‘७ वटै प्रदेशका बजेट सकारात्मक’
काठमाडौं । राष्ट्रिय योजना आयोगले ७ वटै प्रदेशले आइतबार ल्याएको बजेटलाई सकारात्मक भनेको छ ।
आयोगले अघि सारेको १५ बर्ष दिर्घकालीन लक्ष्य, संघीय बजेटको आर्थिक र वित्तिय लक्ष्य र विकासका कार्यक्रमहरुलाई समेटने गरी बज्ेट आउनु सकारात्मक भएको योजना आयोगका उपाध्यक्ष प्रा डा पुक्ष्पराज कडेलले बताउनु भयो ।
रेडियो नेपालसंग कुरागर्दै उहाँले संघीय बजेट, प्रदेशको बजेट र कार्यान्वयन गर्ने निकायहरु बीच प्रभावकारी समन्वय गरेर नै बजेटको लक्ष्य योजना लक्ष्य भेटाउन सक्ने भएकोले प्रभावकारी समन्यमा जोड दिइने पनि उल्लेख गर्नु भयो ।
प्रतिक्रिया राख्नुहोस्