तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं १ को बजेट ४२ अर्ब २० करोड

विराटनगर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि आज प्रदेशसभामा रु ४२ अर्ब २० करोड चार लाख १२ हजार बजेट विनियोजन गरेको सदनलाई जानकारी दिनुभएको छ ।

कूल विनियोजन मध्ये चालूतर्फ रु १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार, पूँजीगततर्फ रु २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार र वित्तीय व्यवस्थातर्फ रु आठ करोड रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button