पर्वतको बर्राचौर ‘पूर्ण संस्थागत सुत्केरी’ वडा घोषणा
पर्वत-पर्वतको विहादी गाउँपालिकालाई घरमा हुने सुत्केरी शुन्य अर्थात ‘पूर्ण संस्थागत सुत्केरी’ वडा घोषणा गरिएको छ । गण्डकी प्रदेशकै पहिलो मातृ मृत्युदर तथा नवजात शिशु मृत्युदरलाई शून्यमा झार्ने लक्ष्यका साथ उक्त वडालाई घरमा हुने सुत्केरी शून्य वडा घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि प्रसाद भुषालले जानकारी दिनुभयो ।
गएको एक वर्षको अवधिमा वडाभरिका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको, सबै गर्भवती महिलाले सरकारको मापदण्डअनुसार चार पटक गर्भजाँच गरेको, गर्भवतीले टिटी खोप लगाएको, नियमित रुपमा आइरन चक्की खाएको लगायतका सूचक पूरा भएपछि वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो ।
गण्डकी प्रदेशका कुनै पनि वडाहरु अहिले सम्म ‘पूर्ण संस्थागत सुत्केरी’वडा घोषणा हुन सकिरेहेका छैनन् । ‘पूर्ण संस्थागत सुत्केरी’ वडा घोषणा कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष कमल प्रसाद भुषालले प्रदेशका कुनैपनि वडाहरु ‘पूर्ण संस्थागत सुत्केरी’ वडा घोषणा नभएको अवस्थामा उक्त वडा यसरी घोषणा हुनु महत्वपूर्ण उपलब्धी भएको बताउनुभयो ।
एक तथ्यांक अनुसार विहादी गाउँपालिकामा अस्पतालमा सुत्केरी हुनेको संख्या ६० प्रतिशत छ । अझै पनि पहाडी क्षेत्रमा अस्पताल जाने चलन कम छ । अस्पतालमा ढिलो गरी पुग्ने अबस्थाले कतिपय जोखिम हुने गरेको छ । सरकारले सन् २०३० सम्म अस्पतालमै सुत्केरी गराउने संख्या ९० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ ।
प्रतिक्रिया राख्नुहोस्